Saturday, April 27
Shadow

Tag: कोरोनाविरुद्ध खोप अभियान :

कोरोनाविरुद्ध खोप अभियान :  सात दिनमा लगाए एक लाख २८ हजारले खोप

कोरोनाविरुद्ध खोप अभियान : सात दिनमा लगाए एक लाख २८ हजारले खोप

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २० । कोरोनाविरुद्धको खोप अभियानको सातौं दिनसम्म देशभर एक लाख २८ हजारभन्दा बढीले कोरोना ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल एक लाख २८ हजार ६५० जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सातौ दिनसम्म प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । गत बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरक...