Friday, April 26
Shadow

Tag: कोभिड

२० लाख डोज खोप ल्याउने सरकारको तयारी

२० लाख डोज खोप ल्याउने सरकारको तयारी

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागुन ३ । सरकारले कोभिड १९ विरुद्धको २० लाख डोज खोप खरिदका लागि तयारी अगाडि बढाएको छ । थप ४० लाख जनतालाई पुग्ने खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया र अन्य विभिन्न कम्पनीसँग जिटूजी प्रक्रियामार्फत प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा २० लाख डोज खोप भारतबाटै ल्याउने लक्ष्यका साथ सरकारले प्रक्रिया अघि बढाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताए । कोभिड १९ विरुद्धको खोप पहिलो चरणको अभियान माघ १४ गते सुरु गरिएको थियो । दोस्रो डोज खोप भने फागुन २४ गतेबाट दिने योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । ‘दोस्रो डोज खोप दिन सुरु गर्दासम्म थप २० लाख डोज खोप ल्याइसक्ने’ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताएका छन् । कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालमा मार्चको पहिलो साता खोप आउने य...