Saturday, April 27
Shadow

Tag: कोभिडबिरुद्धको भ्याक्सिन

नेपालमा भोलि आइपुग्दै छ १० लाख डोज कोभिडबिरुद्धको भ्याक्सिन

नेपालमा भोलि आइपुग्दै छ १० लाख डोज कोभिडबिरुद्धको भ्याक्सिन

आर्थिक, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ ७ भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज कोभिड भ्याक्सिन बिहीबार काठमाडौँ आइपुग्ने भएको छ। भारत सरकारले नेपाललाई बुधबार १० लाख भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको हो। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाललाई खोप उपलब्ध गराएकामा भारतलाई धन्यवाद दिएका छन्। भारतमा बनेको ‘कोभिसिल्ड’ नेपाल सरकारलाई भारतले अनुदानस्वरुप प्रदान गरेको हो। भारतले खोप उपलब्ध गराएको घोषणा गर्न बुधबार आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद दिएका हुन्। उनले भारतले नेपाललाई कोभिडकालमा पनि निरन्तर औषधिलगायत सामग्री प्रदान गरेको सहयोग गरेकामा सराहना पनि गरे। मन्त्री त्रिपाठीले कार्यक्रममा उपस्थित राजदूत विनयमोहन क्वात्रामार्फत भारत सरकारलाई धन्यवाद पठाएका हुन्।...