Friday, April 26
Shadow

Tag: कारागार चलान

शिक्षक श्रेष्ठ हत्या प्रकरण : विप्लव समूहका मोरङ इञ्चार्ज कारागार चलान

शिक्षक श्रेष्ठ हत्या प्रकरण : विप्लव समूहका मोरङ इञ्चार्ज कारागार चलान

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन ५ । शिक्षक हत्या आरोपमा पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले हातहतियार खरखजना मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि ३२ वर्षीय विक कारागार चलान भएका हुन् । संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विकलाई व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–४ बाट गत माघ ७ गते हतियारसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । राईका अनुसार को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका विकको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न मोबाइल, सिमकार्ड, सवारी चालक अनुमति पत्र बरामद भएको थियो । अनुसन्धान थाल्दा मोरङको मिक्लाजुङ गाउँप...