Thursday, March 28
Shadow

Tag: कारबाही

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ : गृहमन्त्री

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ : गृहमन्त्री

ब्यानर समाचार, राजनिती, समाचार
गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही गरिने जानकारी दिनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आइतबार (आज) बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिनेमाथि मन्त्रालयले छानबिन सुरु गरिसकेको बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, 'राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानुनी र आपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारबाही गर्न निर्देशन दिएको छु ।' सङ्घले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारबाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो । 'आगामी वैशाखमा चुनाव गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा...