Friday, April 26
Shadow

Tag: कांग्रेसका प्रवक्ता शर्मा

कांग्रेसका प्रवक्ता शर्मा भन्छन् -अहिले नै कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बनेको छैन

कांग्रेसका प्रवक्ता शर्मा भन्छन् -अहिले नै कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बनेको छैन

ब्यानर समाचार, राजनिती
काठमाडौँ, चैत ५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकारको नेतृत्व लिन राजनीतिक वातावरण नबनेको बताएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबार सञ्चारकर्मीसँग प्रवक्ता शर्माले अहिलेकै अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण बनिनसकेको बताएका हुन् । यद्यपि, परिस्थिति बनेको अवस्थामा सरकारको नेतृत्व गर्ने परिस्थितिबाट नभाग्ने मनस्थितिमा सभापति शेरबहादुर देउवा रहेको प्रवक्ता शर्माले बताए । आफूसँग भएका सांसदको संख्या र अन्य दलभित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले कांग्रेसले धारणा तय नगरेको शर्माले बताए । एमाले, माओवादी केन्द्र, जनता समाजवादीभित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरूले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेस निर्णयमा पुग्नु गलत हुने प्रवक्ता शर्माले टिप्पणी गरे ।...