Friday, April 19
Shadow

Tag: कर्णाली नदी

चार सन्तानसहित एक महिलाले कर्णालीमा हाम फालिन्

चार सन्तानसहित एक महिलाले कर्णालीमा हाम फालिन्

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , फागनु २५ । दैलेखकी एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । दुई छोरी १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछाममा भेटिएको छ। अन्य बेपत्ता छन् । आमा सुकीसँगै १० वर्षीय छोरा ललित बडुवाल र ५ वर्षीया रजनी बडुवालको शव भेटिएको छैन । उनीहरुको खोजी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिए । यता स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको वास्तविकता अनुसन्धान भइरहेको जनाएको छ ।...