Thursday, April 25
Shadow

Tag: कब्जियत

कब्जियत भएको छ ?  निको हुन अब अपनाउनुहोस् यी ५ सरल उपाय

कब्जियत भएको छ ? निको हुन अब अपनाउनुहोस् यी ५ सरल उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ । लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगमा परिणत हुन्छ । यहाँ हामीले घरैमा बनाउन मिल्ने केही जुसहरूका बारेमा उल्लेख गर्नेछौं । यी जुसले तपाईंलाई कब्जियतको समस्याबाट सजिलै छुटकारा दिलाउँछन् । १ सुक्खा जामुन ६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी जम्मा गर्नुस् । पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस् । त्यसपछि त्यसको बिउ निकाल्नुस् र ब्लेन्डरमा राखेर मजाले पिस्नुस् । त्यसपछि त्यसमा मह र जीराको धूलो हाल्नुस् । अनि फेरि एकचोटि ब्लेन्डर चलाउनुस् । तपाईंको जुस तयार भयो । २ नासपाती दुईवटा नासपाती, दुई चम्चा कागतीको रस, एक चिम्टी बीरेनून जम्मा पार्नुस् । नासपातीका सानासाना टुक्र...