Saturday, April 20
Shadow

Tag: ओखर

भिजाएको ओखर दिनदिनै खानुका यस्ता फाइदा

भिजाएको ओखर दिनदिनै खानुका यस्ता फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फोरस, कपर, सेलेनियम, ओमेगा–३ फ्याट्टी एसिड जस्ता पोषक तत्त्व पाइन्छन् । तर ओखरलाई काँचै खानुभन्दा भिजाएर खाँदा त्यसको फाइदा कैयौं गुणा बढ्छ । राति दुईवटा ओखरलाई भिजाएर राख्ने र बिहान खाली पेटमा खाने गर्दा बढी फाइदा हुन्छ । भिजाइएको ओखरले अनेकौं रोगबाट मुक्त गराउँछ । ब्लड सुगर र मधुमेहबाट बच्नुछ भने भिजेको ओखरले फाइदा गर्छ । ओखरमा भरपूर फाइबर हुन्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । पेट सही राख्न र कब्जियतबाट बच्न फाइबरयुक्त खानेकुराहरू खान जरूरी छ । भिजेको ओखर त्यसका लागि सर्वाधिक उपयुक्त खाद्यपदार्थ हो । ओखरमा भएका पोषक तत्त्वले हाड र दाँत बलियो बनाउँछन्...