Friday, April 19
Shadow

Tag: एसएसपी

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १६ । सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन्।बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त ६ डीआईजीका लागि सिफारिस गरेको हो। एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभि कुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी डीआईजीका लागि सिफारिस भएका छन्। गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको तीन सदस्यीय बढुवा समितिले मंसिर २७ गतेदेखि रिक्त दरबन्दीमा बढुवा गर्न सिफारिस गरेको हो। डीआईजीहरु अनिवार्य अवकासमा गएपछि दरबन्दी रिक्त भएको थियो। डीआईजीहरु नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठ अवकास भएका थिए। बढुवा सिफारिस उपर चित्त नबुझ्नेले ७ दिन भित्रमा उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने बढुवा समितिका सदस्य सचिव एआईजी पुष्पराम केसीले बताए...