Wednesday, May 8
Shadow

Tag: उपाध्यक्ष वामदेव गौतम

अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित छ :  गौतम

अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित छ : गौतम

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझैपनि एकता जोगाउने सम्भावना जिवित रहेको बताएका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ यस्तो बताएका हुन् । नेकपा फुटिनसकेको र अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको उनले बताए । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाइ छ । उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेको बताए ।उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडि बढाउने पनि बताए ।...