Thursday, April 25
Shadow

Tag: आर आर क्याम्पस

छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा आर आर क्याम्पसका प्राध्यापक पक्राउ

छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा आर आर क्याम्पसका प्राध्यापक पक्राउ

अपराध, मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष २८ रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् । क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंह राठोरले  बताए । प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएका थिए । ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसबाट नै पक्राउ गरिएको एसएसपी राठोरले बताए । एसएसपी राठोरका अनुसार आचार्यमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाइएको छ ।...