Friday, April 26
Shadow

Tag: आगो

मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रणबाहिर

मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रणबाहिर

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १७ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्‍गलमा आगो बलिरहेको छ। मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन। रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन्। “जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन,” नासो गाउँपालिका-८ ताचैका वडाध्यक्ष हुपजङ्‍ग गुरुङले भने। चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो। यहाँ जम्मा ६३ घरधुरी छन्। तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्‍ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए। तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनलेको भनाइ छ। उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्‍निरेखा बनाउन सफल भएको बताउँदै भने, “पाइपको व्यवस्था ग...