Saturday, April 20
Shadow

Tag: आइपिएल

आइपिएलको अक्सनका लागि नेपाली ८ खेलाडी भए सुचिकृत

आइपिएलको अक्सनका लागि नेपाली ८ खेलाडी भए सुचिकृत

खेलकुद
काठमाडौँ, माघ २३ । इण्डियन प्रिमियर लिग(आइपिएल)को फेब्रुअरी १८ मा भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा ८ नेपाली खेलाडी सुचिकृत भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइपिएल अक्सनका लागि ८ नेपाली खेलाडी सुचिकृत भएको जानकारी दिएको छ । आइपिएल अक्सनका लागि सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी सुचिकृत भएका छन् । आइपिएल अक्सनका लागि कुल १०९७ खेलाडी सुचिकृत भएको आइपिएल गभर्निंग काउन्सिलले जानकारी दिएको छ । जसमा ८१४ भारतीय खेलाडी रहेका छन् बहने २८३ विदेशी खेलाडी रहेका छन् । विदेशबाट अक्सनमा सुचिकृत हुने खेलाडीहरुमा वेस्टइन्डिजबाट ५६, अस्ट्रेलियाबाट ४२, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, अफगानिस्तानबाट ३०, न्यूजील्याण्डबाट २१ खेलाडी रजिस्टर भएका छन् । नेपालबाट अहिलेसम्म सन्दीप लामिछाने मात्र आइपिएल खेलेका छ...