Thursday, April 25
Shadow

Tag: अर्थसचिव मधुकुमार मरासिनी

अर्थमन्त्रीले राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

अर्थमन्त्रीले राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

ब्यानर समाचार, राजनिती
काठमाडौं- अर्थसचिव मधुकुमार मरासिनीले अर्थमन्त्री जनार्दन शर्माले राजिनामा नदिएसम्म अर्थ मन्त्रालय नआउने घोषणा गरेका छन् । उनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । उनले आज बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री देउवा समक्ष जनार्दन शर्मा मन्त्री रहेसम्म आफू मन्त्रालय नफर्किने घोषणा गरेका बालुवाटार श्रोतले जनाएको छ । एकपछि अर्को विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न चाैतर्फी दबाब देखिएकाे छ । बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको भन्दै अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजन...