Friday, January 17
Shadow

Tag: लिङ्देनलाई फोन

प्रधानमन्त्री ओलीले गरे राप्रपा सांसद लिङ्देनलाई फोन

प्रधानमन्त्री ओलीले गरे राप्रपा सांसद लिङ्देनलाई फोन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौ, मंसिर २६ प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् । शुक्रबार बिहान लिङ्देनलाई फोन गरेर उनले शीघ्र स्वास्थ्य लाभको शुभकामनासमेत दिएका छन् । ओलीको फोन लिङ्देनका छोरा स्वाधीनले उठाएका थिए । उनका अनुसार फोनमा ओलीले कुनै समस्याबारे आफूलाई खबर गर्न भनेका छन्। लिङ्देनका स्वकीय सचिव छत्र कडायतका अनुसार हाल लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । बिहीबार निमोनिया भएको पुष्टि भएपछि झापाको विएण्डसी अस्पतालबाट उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो । अक्सिजन लेभल कम भएकाले उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । कडायतका अनुसार शुक्रबार बिहान लिङ्देनको अवस्था बुझ्न पार्टी अध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनीसमेत अस्पताल पुगेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि केही दिन अघ...