Thursday, April 25
Shadow

Tag: नेकपा

प्रतिनिधिसभा विघटन: नेकपाका दुवै पक्षलाई कारण खुलाई विवरण पेस गर्न सात दिने म्याद

प्रतिनिधिसभा विघटन: नेकपाका दुवै पक्षलाई कारण खुलाई विवरण पेस गर्न सात दिने म्याद

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस २४ । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय दिएको छ। नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै पक्षले आफू नै संस्थापन पक्ष भएको दाबी गर्दै आएका छन्। तर ऐनले तोकेको प्रक्रियाअनुसार दुवै पक्षले दाबी पेस नगरेपछि आयोगले बिहीबार दुवै पक्षलाई पत्राचार गरेर सात दिनको समय दिएको हो। नेकपा विभाजनको अपसजबाट बच्न दुवै पक्षले रितपूर्वक मागदाबी नगरेका कारण आधिकारिकता विवाद टुंग्याउन कठिन भएपछि आयोगले पुनः पत्र काटेको हो। ‘नेकपा विवादमा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ उपनियम ४ बमोजिम विवादका दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन पेस गर्न सात दिनको म्याद दिएर पत्र पठाउने निर्णय भएको छ,’ आयोगका प्रवक्...
दुवै नेकपाको जवाफ पर्खिंदै आयोग !

दुवै नेकपाको जवाफ पर्खिंदै आयोग !

ब्यानर समाचार, राजनिती
काठमाडौ , पुस २१। नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ। आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार गरिसकेको छ। प्रवक्ता राजकुमार श्रेष्ठले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिए। प्रवक्ता श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनअनुसार नै दुवै पक्षलाई पत्राचार गरिएको हो। दाहाल–नेपाल पक्षलाई ७ दिनभित्र जवाफ दिन भनिएको छ। ओली पक्षलाई भने म्याद तोकिएको छैन। आयोगले दाहाल–नेपाल पक्षलाई पठाएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद–९ बमोजिम कारबाही गर्न सकिने जानकारी गराएको छ। ओली पक्षलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगको निर्णय भएको उल्लेख छ। विषयको गाम्भीर्यलाई दृष्टिगत गरी फरक–फरक पत्र पठाइएको आयोगले जनाएको छ। दाहाल–नेपाल पक्षले पुस ...
निर्वाचन आयोगले पठायो नेकपाका दुबै पक्षलाई  छुट्टाछुट्टै पत्र , के छ पत्रमा ?

निर्वाचन आयोगले पठायो नेकपाका दुबै पक्षलाई छुट्टाछुट्टै पत्र , के छ पत्रमा ?

पत्रपत्रिका, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २० । निर्वाचन आयोगले ओली पक्षलाई अवधि नतोकी र प्रचण्ड–माधव समूहलाई सात दिनभित्र लिखित जवाफ दिन भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताको विषयमा आयोगमा परेको विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्गत आयोगले शुक्रबार पठाएको पत्रमा फरकफरक अवधि तोकिएको छ । प्रचण्ड–माधव पक्षलाई पठाइएको पत्रमा लिखित जवाफ दिनका लागि सात दिन म्याद दिइएको छ भने ओली पक्षलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको पाइएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको हो । प्रचण्ड–नेपाल पक्षलाई पठाइएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद–९ अनुसार कारबाही गर्न सकिने जानकारी गराएको छ । ओली पक्षलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगक...
नेकपा विभाजनः आधिकारिकता विवाद निरुपण हुुन अझै दुुई महिना लाग्न सक्ने

नेकपा विभाजनः आधिकारिकता विवाद निरुपण हुुन अझै दुुई महिना लाग्न सक्ने

ब्यानर समाचार, राजनिती
काठमाडौ , पुस १४ । नेपाल कम्युुनिष्ट पार्टी नेकपाको आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने अनुुमान गरिएको हो । केन्द्रीय समितिको निर्णयको आधिकारिता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाण पेश गर्नुुपर्ने ऐनमा व्यवस्था छ । नेकपा दाहाल–नेपाल समूूहले उक्त ऐनमा व्यवस्था भएअनुुरुप केन्द्रीय सदस्य बहुुमत रहेको भनी आयोगसमक्ष आधिकारिता र चुुनाव चिह्नको माग दाबी गरिसकेको छ । एउटै दलका दुुई वा सोभन्दा बढी पक्षबीच दलको नाम, छाप, विधान, झण्डा वा चिह्न, पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयका विषयमा ...
प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आन्दोलन तयारी, प्रवक्ता श्रेष्ठको संयोजक्तवमा कमिटी गठन

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आन्दोलन तयारी, प्रवक्ता श्रेष्ठको संयोजक्तवमा कमिटी गठन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने तयारी गरेको छ। केन्द्रीय कमिटीको बैठकमा पुस १४ गतेदेखि देशभर प्रदर्शन गर्ने सहितका संघर्षका कार्यक्रम प्रस्तुत गरिएको छ। बैठकले निर्णय गरेसँगै नेकपाको यो समूह शुक्रवारदेखि नै आन्दोलनका लागि सडकमा उत्रिने छ। गएको ७ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीबाट नेता भीम रावलले पेश गरेको संघर्षको कार्यक्रम पारित गर्दै केन्द्रीय कमिटीमा पेश भएको हो। २ हजार ५ सय १ जनाको आन्दोलन परिचालन कमिटी समेत गठन गर्ने निर्णय भएको छ। बैठकले संघर्षका कार्यक्रम अन्तर्गत भोलि शुक्रवार १० गते साढे ९ बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने, निर्वाचन आयोगमा दलको आधिकारिकताका घेराउ गर्न जाने रणनीति बनाएको छ। त्यस्तै, भोलि २ बजे पत्रकार सम्मेलन गर्ने,...
नेकपाको औपचारिक बिभाजनको पर्खाइमा कांग्रेस

नेकपाको औपचारिक बिभाजनको पर्खाइमा कांग्रेस

मुख्य समाचार, राजनिती
काठमाण्डौ, पुष ९ नेपाली कांग्रेसको अहिलेको पहिलो चासो नेकपाको औपचारिक बिभाजनमा धैरै रहेको छ । राजनितिक रुपमा नेकपाका दुई धार देखिएपनि कानुनी रुपमा बिभाजन भैसकेको छैन । त्यसैलै कांग्रेको पहिलो प्रतिक्षाको बिषय नेकपाको कानुनी बिभाजनसंग छ । लोकतन्त्र र संबिधानको रक्षा कांग्रसेले मात्र गर्न सक्ने कांग्रेस नेताहरुको दाबी रहेको छ । अदालतले प्रधानमन्त्री ओलीको प्रतिनिधी सभा बिघटन गर्ने कुरालाइ सदर गरिदिए ओलीकै नेतृत्वमा चुनाब निष्पक्ष हुन नसक्ने कुरा कांग्रेसको अडान रहेको छ । अहिले यो बेला चुनाब गर्न सके राजनितिक रुपमा लाभ हुने कांग्रेस नेताहरुको भनाई रहेको छ ।...
नेकपा फुटाउने अधिकार कसैलाई छैन : मुख्यमन्त्री राई

नेकपा फुटाउने अधिकार कसैलाई छैन : मुख्यमन्त्री राई

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १८ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । ईलामको सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे । अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भने, “हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।” उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने, “अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।”...