
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ ।
आज बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ । यद्यपि मिथिला क्षेत्रमा आज बिहान मौसम सफा भएको हुँदा छठका बर्तालुले झलमल्ल पारिला घाम झुल्केको देखेपछि अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका थिए । पञ्चमीका दिन पनि दिनभरि नि...