Monday, May 25
Shadow

Month: May 2026

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटले विभिन्न प्राविधिक कार्यक्रमहरूमा भर्ना खुला

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटले विभिन्न प्राविधिक कार्यक्रमहरूमा भर्ना खुला

समाचार
कपिलवस्तु, जेष्ठ २ नेपालमा पछिल्लो समय प्राविधिक शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य सेवा, प्रविधि र रोजगारीको बढ्दो सम्भावनाले युवापुस्तालाई सीपमूलक शिक्षातर्फ आकर्षित गरेको हो । यही आवश्यकता र समयको मागलाई आत्मसात गर्दै वि.सं. २०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इन्स्टिच्युटले शैक्षिक सत्र २०८२।०८३ का लागि विभिन्न प्राविधिक कार्यक्रमहरूमा भर्ना खुला गरेको जनाएको छ। संस्थाले सिटिइभीटीबाट सम्बन्धन प्राप्त गरी तीन वर्षे डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी (ल्याब टेक्निसियन), डिप्लोमा इन फिजियोथेरापी, हेल्थ असिस्टेन्ट (एच.ए.), डिप्लोमा इन फार्मेसी तथा १८ महिने अमिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । एसईई उत्तीर्ण विद्यार्थीहरूले यी कार्यक्रम अध्ययन गर्न पाउँछन् । निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष तथा संस्थाका कार्यकारी निर्देशक अरुण कुम...