Monday, May 6
Shadow

Month: January 2022

कोरोना संक्रमण बढेका कारण शैक्षिक संस्था बन्द गर्न सुझाव

कोरोना संक्रमण बढेका कारण शैक्षिक संस्था बन्द गर्न सुझाव

शिक्षा, समाचार, स्वास्थ्य
२५ पुष, काठमाडौँ . नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन्। थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तर्क्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन्। नेता महरले भने, “हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ। छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ। यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।” नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोक...
एन.एफ.पि.जे. बाग्मती प्रदेशको सचिवमा नुवाकोटका राजेन्द्र गजुरेल चयन

एन.एफ.पि.जे. बाग्मती प्रदेशको सचिवमा नुवाकोटका राजेन्द्र गजुरेल चयन

समाचार
पुष२५,काठमाडौं ।   राष्ट्रिय फोटो पत्रकार समूह (एन.एफ.पि.जे) बाग्मती प्रदेशको सचिवमा नुवाकोटका पत्रकार राजेन्द्र गजुरेल चयन भएका छन् ।शनिबार चितवनको रत्ननगर नगरपालिका स्थित सौराहामा भएको राष्ट्रिय फोटो पत्रकार समुह बाग्मती प्रदेश प्रथम अधिबेशनबाट गजुरेल सचिव पदमा निर्विरोध भएका हुन् । लामो समय नुवाकोटका विभिन्न सञ्चार सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका गजुरेल यस अघि एन। एफ। पि।जे। बाग्मती प्रदेशको सदस्य थिए । राष्ट्रिय फोटो पत्रकार समूह बागमति प्रदेशको चितवनको सौराहामा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा, उपाध्यक्ष, सचीव, कोषाध्यक्ष तथा सदस्यहरु क्रमश नारायण सिलवाल, कपिल खड्का, राजेन्द्र गजुरेल,सुरक्षा न्यौपाने, मनिश दुवाडी, बलवीर भुजेल सागर गिरी, सन्तोष बस्ताकोटी र नवराज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।...
कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई बीस हजार राहत

कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई बीस हजार राहत

आर्थिक, समाचार, स्थानिय तह
पौष१८, काठमाडौं बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना संक्रमणबाट ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन्। आर्थिक वर्ष २०७८र८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् । ‘कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ ,स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको हो, कोरोनाका कारण बेरोजगार भएर नेपाल आएकालाई सीमानाकाबाट घर ल्याउने, क्वारेन्टिनमा राख्ने, परीक्षण, औषधोपचार तथा निःशुल्क एम्बुलेन्स सेवासमेत दिएको थियो,’ काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले भने । गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोज...