Sunday, April 28
Shadow

Month: June 2021

एम्बुलेन्स र औेषधि सेवा नि:शुल्क दिदैँ विदुर ५ को कार्यालय

एम्बुलेन्स र औेषधि सेवा नि:शुल्क दिदैँ विदुर ५ को कार्यालय

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ १९ कोभिड १९ अर्थात कोरोना भाईरस बाट प्रभावित वडावासि विशेष गरी दीर्घ रोगि, अशक्त, असहाय र गरिव वर्गहरुलाई लक्षित गर्दै विदुर नगरपालिका वडा नं ५ को कार्यालयले नि:शुल्क एम्बुलेन्स सेवा र औषधि वितरण कार्य सुरु गरेको छ । १७ गते सोमवार सुचना जारी गर्दै वडाले उक्त सेवा सुचारु गरेको जनाएको छ । वडा अध्यक्ष शिव कुमार चित्रकारको अग्रतामा उक्त सेवा सुरु गरिएको छ । वडा क्षेत्रमा रहेकाहरुलाई निषेधाज्ञाको समयमा यातायातका कारण जिल्ला अस्पताल सम्म पुग्नको लागि नि:शुल्क एम्बुलेन्स सेवा सुचारु गरिएको छ । त्यस्तै मुटु, उच्च रक्तचाप, मधुमेह, मृगौला, दम लगाएतका दीर्घ रोगिलाई लक्षित गर्दै नि:शुल्क औषधि वितरण गरिरहेको छ । सेवाको उपयोगको लागि नागरिकता वा मतदाता परिचय पत्रको प्रतिलिपि र डाक्टरको सिफरिस पत्र आवश्यक पर्ने वडाले जारी गरेको सुचनामा उल्लेख छ । ...