Friday, September 19
Shadow

समाचार

युवा सघ नेपालका लुम्बिनी प्रदेश सदस्य मुना सिध्दिकी  कान्ग्रेसमा प्रवेश

युवा सघ नेपालका लुम्बिनी प्रदेश सदस्य मुना सिध्दिकी  कान्ग्रेसमा प्रवेश

समाचार
  नवलपरासी बैशाख ११   पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७गुठिसुर्यपुरामा लाेकतन्त्र दिवसकाे अवसरमा बर्तमान राजनिती बारे सबाद तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ।प्रतिनिधि सभा क्षेत्र न१का सभापति मुकुल कुमार अाचार्यकाेअध्यक्षता तथा नेपाली कान्ग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन भएकाे छ। ।कार्यक्रम मा प्रतापपुर गाउपालिका वडा न ९का नेकपा एमालेकाे भातृ सगठन युवा सघ नेपालकाे लुम्बिनी प्रदेश सदस्य मुन्ना सिध्दिकी नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कान्ग्रेसमा प्रवेश गरेका छन।बिद्यार्थी जीवनकाल देखि नेपाल बिद्यार्थी सघ बाट राजनिति सुरु गरेका सिध्दिकि  पछ्छिलाे समय राजनिती ले माेड लिएपछि उनी नेकपा एमालेबाट राजनिती गर्दै अाएका थिए । केही बर्ष अगाडि एमालेकाे झण्डा लिएर सुरु गरेका राजनितिमाअब मुन्ना सिध...
सशस्त्र प्रहरी बल, कृष्णनगरद्बारा ईनारमा खसेको गाई उद्बार

सशस्त्र प्रहरी बल, कृष्णनगरद्बारा ईनारमा खसेको गाई उद्बार

समाचार
  अजय मिश्र, कृष्णनगर, बैशाख १०  सशस्त्र प्रहरी बल कृष्णनगरले हिजो रात्रि इनारमा खसेको गाइको उद्धार गरेको छ। कपिलवस्तु जिल्लाको कृष्णनगनर नगरपालिका वडा नं ४ रमवापुर स्थित सार्वजनिक पानीको ईनारमा सोही गाँउ  बस्ने प्रकाश कुमार शर्माको गाईलाई कुकुरले लखेट्दा उक्त ईनारमा खसेको खवर प्राप्त हुनासाथ उक्त स्थानमा स.प्र.बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर, कपिलवस्तुबाट स.प्र.ना.नि. सन्तोष हमालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त विपद् उद्बारका सामाग्रीहरु सहित ७ जनाको टोली खटि गई नेपाल प्रहरी र स्थानियबासीहरुको संयुक्त प्रयासमा राती  जिवित अवस्थामा गाई उद्बार गरिएको छ। साथै विगतमा पनि विपद्का घटनामा सशस्त्र प्रहरी बलबाट विपद्  सम्बन्धी विशेष तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी खटिई उद्बार गरेको । सो सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल...
आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु

आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कपिलवस्तु, बैशाख ९ आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु उद्घाटन कार्यक्रममा देशका प्रख्यात उलेमाहरुको प्रेरणादायी सम्बोधन, ज्ञान र अध्यात्मको नवीन क्रान्तिको संकेत आज सोमवार, फातिमतुल ज़हरा लिलबनात चन्द्रौटा क्याम्पसमा एक दिव्य र आत्मीय उद्घाटन समारोह सम्पन्न भयो, जसको अध्यक्षता संस्थाका प्रमुख शैख शमीम अहमद नदवी हफिज़हुल्लाहले गर्नुभयो। यस पवित्र अवसरमा छात्राहरूकालागि हिफ्जुल कुरआन कोर्सको औपचारिक शुभारम्भको घोषणा गरियो। कार्यक्रममा देशका प्रमुख इस्लामी विद्वानहरूको उपस्थिति रही र उहाँहरूको प्रेरणादायी मन्तव्यले वातावरणलाई ईमान र यकीनको प्रकाशले उज्यालो बनायो। संस्थाका अध्यक्ष शैख शमीम अहमद नदवीले भन्नुभयो“यो संस्था केवल छोरीहरूको शिक्षा केन्द्र मात्र होइन, उनीहरूको उज्यालो भविष्यको जग हो। हिफ्जुल कुरआनको आरम्भ एक शैक्...
कालीदेवी माध्यमिक विद्यालयकाे ३७औं जन्म जयन्ती सम्पन्न

कालीदेवी माध्यमिक विद्यालयकाे ३७औं जन्म जयन्ती सम्पन्न

ब्यानर समाचार 2, शिक्षा, समाचार
चैत ,३० काठमाडौं  तारकेश्वर नगरपालिका वडा नं २ मा अवस्थित कालिदेवी माविले आफ्नाे ३७औं जन्म जयन्तिका अवसरमा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेकाे छ। करिब ७०० जना अभिभावककाे उपस्थिति रहेकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन रहेका थिए । उक्त अवसरमा नगर प्रमुख महर्जनले शिक्षामा लगानी बढाउने उद्घघाेष गरेका थिए । नेपाल सरकारले दिदै आएकाे खाजा रकम रु १५ मा रु १० थप गरि २५ पुर्‍याएको बताए । अब तारकेश्वरका सामुदायिक विद्यालयमा एउटै पाेशाक काेड हुने कुरा पनि जानकारी दिए । कार्यक्रमलाई स्वागत मन्तव्यबाट सम्बाेधन गरेका प्रअ कृष्णप्रसाद ओझाले विद्यालय सबैकाे साथ र सहयाेगबाट अगाडि बढिरहेकाे बताए । अन्तमा विव्यस अध्यक्ष टंक अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रम सकिएकाे थियाे ।...
विद्युतीय सुरक्षा दिवसको अवसरमा वितरण केन्द्र कृष्णनगरको प्रभातफेरी

विद्युतीय सुरक्षा दिवसको अवसरमा वितरण केन्द्र कृष्णनगरको प्रभातफेरी

समाचार
अजय मिश्र, कृष्णनगर, चैत्र २६ नेपाल विद्युत प्रधिकरणले आज अधिराज्यभर विद्युतीय सुरक्षा दिवस मनाएको छ। सोही क्रममा कपिलवस्तु जिल्लाको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ। आज विद्युत सुरक्षा सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको सहायताले सचेतनामूलक सूचना प्रसारण गर्दै नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको कार्यालय बाट प्रभातफेरी कार्यक्रम सुरूवात गरि कृष्णनगर बजार परिक्रमा गरि पुनः कार्यालयमा आएर कार्यक्रम समापन गरिएको थियो। कृष्णनगर वितरण केन्द्र बाट कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमी नगरपालिका, विजयनगर गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शिवगंगा नगरपालिका वडा नं ११ यस क्षेत्रमा विद्युत लाइन निर्माण, विस्...
कृष्णनगरको रानी ग्राउंडमा चैत २३ गते देखी नाईट क्रिकेट आरम्भ

कृष्णनगरको रानी ग्राउंडमा चैत २३ गते देखी नाईट क्रिकेट आरम्भ

समाचार
कपिलवस्तु /कृष्णनगर, चैत्र २२ प्रतेक वर्ष को भाति यो वर्ष पनि कृष्णनगर नगरपालिका वडा नम्बर ३ रानी ग्राउंडमा चैत २३गते दिन शनिवार देखी नाईट क्रिकेट आरम्भ हुने छ। प्रथम दिन ग्रेंड कॉस्मो VS गोरूसिंगे बिच यो कड़ा महामुकाबला हुनेछ। यस खेलमा नेपाल को ३२ टीम ले भाग लिने छन।विजेता टीम लाई १,३१,000 हजार र उपविजेता टीम लाई ६५,000 हजार पुरस्कृत गरिने छ। यो खेल कमतीमा १0 दिन चलने छ।यस खेलका आयोजक जय नेपाल स्पोर्ट्स क्लब द्वारा हुने छ।...
नेकपा एमाले शिवराज नगर कमिटीद्वारा टाेल कमिटी गठन

नेकपा एमाले शिवराज नगर कमिटीद्वारा टाेल कमिटी गठन

समाचार
  नेकपा एमाले शिवराजनगर कमिटीले वडा केन्द्रित अभियानलाई तीव्रता दिएकाे छ । शिवराज नगरपालिका वडा नम्बर ५ बगैँचा टोलमा टाेल कमिटी गठन गरेकाे छ । गिरी सापकोटाको  नेतृत्वमा १५ सदस्य टाेल कमिटी गठन गरिएको छ । जसकाे  उपाध्यक्षमा ,  सृजना ढुंगाना सचीव हुम बहादुर के.सी. ,सह-सचिवमा विमला अधिकारी सदस्य महेश बस्नेत सरिता सापकोटा अनिता बस्नेत सीता आचार्य बिमला पौडेल। लगायत कमिटीमा चयन भएका छन् त्यस्तै सात सदस्य जेष्ठ कम्युनिस्ट मञ्च समेत गठन भएको छ। कार्यक्रममा ७० वर्ष पुगेका जेष्ठ कम्युनिस्ट बुवाआमाहरूलाई उहाँहरूले पार्टीप्रति गरेको योगदानलाई कदर गर्दै सम्मान समेत गरिएको थियो। कार्यक्रममा भर्खरै नवनिर्वाचित स्ववियु सभापति केशव गैरेलाई पनि सम्मान गरिएको थियो जरा केन्द्रित अभियालाई सफल बनाउन पार्टीकाे निति अनुसार एमाले जनताकाे घरघरमा पुग्दै एमालेकाे विचार, सिद्धान्त र धारणासहित वडा केन्द्...
प्रधान पाण्डेयको निधन 

प्रधान पाण्डेयको निधन 

समाचार
कपिलवस्तु, चैत्र, १८ कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ६ बस्ने योगेन्द्र पाण्डेयको हिजो आसामाहिक निधन भएको छ। उहां भलवारी पंचायतका प्रधान थिए तथा विभिन्न समयमा जनताहरूको साथमा हातेमालो गर्दै विभिन्न आन्दोनलमा समेत सहभागी हुदै जनताको पक्षमा सधै वकालत गर्दै आएका थिए। स्वर्गीय सांसद अजय प्रताप शाहका बालशखा तथा पूर्व मंत्री ईश्वर दयाल मिश्रका काका रहेका उनि सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएर सदाका लागि आज एक योद्धा अस्ताए। सामाजिक संजालमा पाण्डेयको निधन प्रति विभिन्न व्यक्ति हरूले दुख व्यक्त गरेका छन्।...
पत्रकारको हत्या विरुद्ध कपिलवस्तुका पत्रकार आन्दोलित

पत्रकारको हत्या विरुद्ध कपिलवस्तुका पत्रकार आन्दोलित

समाचार
  २०८१, १५ चैत्र  कपिलवस्तु – पूर्वराजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा कपिलवस्तुका पत्रकार आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा शनिबार चन्द्रौटामा कालोपट्टी बाँधेर विरोध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूले कार्यस्थलमै पत्रकारलाई जिउँदै जलाउने जघन्य घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । विरोध र्‍यालीका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेर सडक प्रदर्शन गरेका थिए । चन्द्रौटा चोकमा आयोजित विरोध सभामा पत्रकार महासंघका उपाध्यक्ष खग प्रसाद चापागाईंले नेपाली पत्रकारिता क्षेत्रमा कालो दिन आएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे । पत्रकार राजु खरालले आन्दोलनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भए पनि पछिल्लो...
लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय गणेशपुरको प्रभातफेरी

लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय गणेशपुरको प्रभातफेरी

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, चैत्र १४ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरको आयोजनामा लागु औषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी रैली कार्यक्रम सम्पन्न भएको छ। विजयनगर गाउँपालिका वडा नं ६ प्रेमनगरमा आज प्रभात फेरी रैली निकालिएको थियो। लागु औषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी रैलीले समाजमा शान्ति स्थापना तथा स्थानीय स्तरमा लागु औषध बिरूद्ध जनचेतना अभिवृद्धि हुनुका साथै अभिभावक हरूलाई आफ्नो बाल बालिका हरूलाई लागु औषध जस्तो कुलत बाट बचाउन समेत फलदायी हुने इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले बताए। प्रभात फेरी कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, पत्रका लगायत स्थानीय हरूको वृहत उपस्थित रहेको थियो।...