Thursday, March 12
Shadow

ब्यानर समाचार

पत्रकार महासङ्घ दोस्रो चरणको आन्दोलनमा : मिडिया सञ्चालकको घर घेराउदेखि तालाबन्दीसम्म

पत्रकार महासङ्घ दोस्रो चरणको आन्दोलनमा : मिडिया सञ्चालकको घर घेराउदेखि तालाबन्दीसम्म

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर ४ नेपाल पत्रकार महासङ्घले छठ पर्व लगत्तै दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासन गरिएका पत्रकारको स–सम्मान पुनर्बहाली गर्नुपर्ने, यसबीचको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैँ खर्चलगायत विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुपर्ने लगायत माग गर्दै महासङ्घले आन्दोलन गर्न लागेको हो । यस्तै महासङ्घले नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पनि माग गरेको छ । महासङ्घमा भएको पत्रकारिता सम्बद्ध सङ्गठनका प्रतिनिधिहरूसँगको छलफलमा अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको समस्यालाई वार्ता र संवादबाट समाधन नभएका कारण आन्दोलन गर्नुपरेको बताउनुभयो । छलफलका क्रममा सङ्गठनका प्रतिनिधिहरूले सम्बद्ध सञ्चार गृहका सञ्चालकको घर घ...
आज २१०३ जना कोरोना संक्रमित थपिए, देशभर २८,१०६ सक्रिय संक्रमित

आज २१०३ जना कोरोना संक्रमित थपिए, देशभर २८,१०६ सक्रिय संक्रमित

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ४ पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ। आज देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २७६जना संक्रमितको मृत्यु भइसकेको छ।...
अब २४ घण्टापछि आफैं मेटिनेछन् ट्वीट

अब २४ घण्टापछि आफैं मेटिनेछन् ट्वीट

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक ४ माइक्रोब्लगिङ साइट ट्वीटरले केवल २८० अक्षरयुक्त सादा तथा कडा रवैयायुक्त प्लाटफर्मको आफ्नो स्थापित परिचय बदल्ने तयारी गरेको छ । यसअन्तर्गत ट्वीटरले विभिन्न नयाँ फिचरहरु घोषणा गरेको छ । मंगलबार ट्वीटरले गरेको घोषणाअनुसार अब ट्वीटरमा यस्तो फिचर उपलब्ध हुनेछ जसमा प्रयोगकर्ताका ट्वीटहरु २४ घण्टापछि आफैं मेटिने छन् । डिसएपियरिङ ट्वीट्स फिचरसँगै ट्वीटरले अडियो ट्वीटको फिचर पनि घोषणा गरेको छ । फेसबुकको स्टोरी फिचर जस्तै २४ घण्टामा ट्वीट आफैं हराउने ट्वीटरको उक्त फिचरको नाम ‘फ्लीट्स’ हो । यस्तो स्टोरिज फिचर सबैभन्दा पहिले सन् २०१३ मा स्नापच्याटले सुरु गरेर निकै लोकप्रिय बनेको थियो । त्यसपछि फेसबुक, इन्स्टाग्राम र युट्युब समेतले यो फिचर सुरु गरे । २४ घण्टामा आफैं मेटिने ट्वीट अर्थात् फ्लीट्स अन्य सामान्य ट्वीटभन्दा केही अर्थमा भिन्न रहेको छ । किनकी फ्लीट्समा अरुले ल...
पछिल्लो २४ घण्टामा देशभर १४४२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १४४२ जनामा कोरोना संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेकाे संख्या १ लाख ८२ हजार ७८० पुगेको छ। आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्। आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २५९ जना संक्रमितको मृत्यु भइसकेको छ। देशभर आज ६७३१ जनाको पिसिआर परीक्षण भएको छ।...
नेकपा बैठक सकियो, १० दिनपछि पुनः बस्ने

नेकपा बैठक सकियो, १० दिनपछि पुनः बस्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, कार्तिक ३ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनपछि पुन बस्नेगरी सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, कार्तिक ३ झापाको विर्तामोडमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन् । आज बिहान साढे ११ बजेतिर विर्तामोड नगरपालिका-६ गिरी मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मे२प ४८४७ नम्बरको मोटरसाइकलका चालक २४ वर्षीय कुशल लिम्बू र पछाडी सवार बुद्धशान्ति गाउँपालिका-३का ११ वर्षीय बालक दिप्सन कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही मोटरसाइकलमा सवार ३९ वर्षीया सावित्रा कँडेल घाइते भएकी छन्। दुर्घटनामा अर्जुनधारा नगरपालिका-११ बस्ने २२ वर्षीय गगन तामाङ पनि घाइते भएका छन्। घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका दुईवटा मोटर साइकल एक आपसमा जुधेर सडकमा लडेका बेला ट्रकले ती मोटरसा...
भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर २ कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ । राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो । कमलपोखरीमा विगत १० वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आएका राजेन्द्र सिंह जिल्ला प्रशासन कार्यालयले २५ जना मात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउँछन् । प्रशासनको स्वीकृतिअनुसार विगत नौ वर्षदेखि व्रत बस्दै आएकालाई मात्र मङ्सिर ५ गते बेलुकी कमलपोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अघ...
पछिल्लो २४ घण्टामा देशभर १९४६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १९४६ जनामा कोरोना संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २९ पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्। आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय १५ पुगेको छ।...
कोरोना कहरमा तिहार, व्यापारीक क्षेत्रमा देखियो यस्तो रौनक (फोटो फिचर)

कोरोना कहरमा तिहार, व्यापारीक क्षेत्रमा देखियो यस्तो रौनक (फोटो फिचर)

जिवनसैली, ब्यानर समाचार, ब्लोअप, समाज
काठमाण्डौँ, कार्तिक् २९ दीपावली अर्थात तिहारको रौनक छाय संगै व्यापारीक चहलपहल पनि बढ्न थालेको छ । शुक्रवार काठमाण्डौँको व्यस्त व्यापारीक क्षेत्र असनमा तिहारको लागि आवश्यक पर्ने सामाग्री खरिदको लाई ग्राहकको बाक्लो उपस्थीति देख्न सकिन्छ । हेर्नुहोस् यो तस्वीरमा  : तस्वीर : किरण केसि ...
आज देशभर २१११ जना कोरोना संक्रमित थपिए

आज देशभर २१११ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक् २८ पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६८ हजार १ सय २९ जना निको भएका छन्। आज देशभर ३७ हजार २२ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ।...