Monday, May 6
Shadow

पत्रपत्रिका

सर्वोच्चको फैसलापछि कांग्रेस र जसपाले के गर्ला ?

सर्वोच्चको फैसलापछि कांग्रेस र जसपाले के गर्ला ?

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन ११ । सम्भावित राजनीतिक दृश्यलाई नियाल्दै नेकपाका दुवै समूहले यतिबेला कांग्रेसको भूमिका निर्णायक हुने दुवै पक्षको ठम्याइ छ । कांग्रेसले अहिले निर्वाह गरेको भूमिकाले पनि नेकपाका दुवै पक्षलाई इन्गेज गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सभापति शेरबहादुर देउवाप्रति पूर्ण भरोसा छ । नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताले लिँदै आएको अडानले नेतृत्वलाई ओलीतिर जान रोक्न सक्ने विश्वास छ । देउवा निर्वाचनको पक्षमा खुलेर लागेका छन् तर पौडेल, सिटौलासहितका नेताहरु प्रतिनिधिसभा पुनस्थापनाको अडानमा छन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि पुनः स्थापना वा निर्वाचन भन्नेमा कांग्रेसमा एउटै दृष्टिकोण छैन । जसले नेकपाका दुवै समूहलाई कांग्रेस आफूतिरै भएको अनुभूति दिइरहेको छ । कांग...
नजिकिँदै फैसलाको घडी : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज

नजिकिँदै फैसलाको घडी : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ११ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै मंगलबार पेसी तोकिएको छ । ४ माघ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब फैसलाको तयारीमा जुटेको छ । अर्थात् अब छिट्टै सर्वोच्च अदालतमा निसु (निर्णय सुनाउने) प्रक्रियामा अघि बढ्नेछ । सर्वोच्चले फैसला छिट्टै गर्नका लागि १० फागुनसम्म आफ्नो बहस नोट बुझाउन बहसकर्तालाई समय तोकेको थियो । सो मितिमा सबै कानुन व्यवसायीले आफ्नो बहस नोट बुझाइसकेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा गम्भीर संवैधानिक प्रश्न उठेपछि अदालतले एकिमस क्युरी (अदालतको सहयोगी) समेत राखेर परामर्श लिएको थियो । अदालतले गत १० पुसमा प्रतिनिधिसभा विघटनको विषयमा गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै एमिकस क्युरी झिकाउने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिटको सुनुवाइमा पक्ष र विपक्षीको मत सुन...
कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले पाएनन् भत्ता

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले पाएनन् भत्ता

पत्रपत्रिका, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, फागुन १० । कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन्। स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन्। मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन्। प्रायः कर्मचारीले प्रत्येक दिनको भत्ता लिएका छन्। त्यसरी जोखिम भत्ता लिनेले त्यही दिनको बैठक भत्तासमेत बुझेका छन्। काजमा जानेले भ्रमण भत्ता लिएका छन्। स्वास्थ्य संस्था, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई संशोधन गर्न गठित समितिको असार १३ देखि २४ सम्म १२ वटा बैठक बसेको थियो। ती बैठकमा उपस्थित भएको भन्दै डा। विकास देवकोटा, मुक्तिनाथ न्यौपाने, सानुबाबु अधिकारी, पुष्करराज नेपाल, पानबहादुर क्षत्री, किशोर श्रेष्ठ, मुना शर्मा, प्रकाश पोखरेल, विजयक्रान्ति...
कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

पत्रपत्रिका, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागुन १० । विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये खोप अभियान सुरु गर्नेमा नेपाल पनि परेको छ। दक्षिण एसियामा अहिलेसम्म नेपालसहित बंगलादेश, भारत र श्रीलंकाले खोप अभियान सुरु गरेका छन्। पाकिस्तान, भुटान र अफगानिस्तानमा खोप अभियान सुरु हुन सकेको छैन। नेपालमा सरकारको तयारी र भारत सरकारको सहयोगका कारण खोप अभियान छिटै सुरु हुन सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ बताउँछन्। ‘मुख्य कुरा, हाम्रो तीव्र तयारी नै हो, जसका कारण खोप अभियान समयमै चलाउन सफल भयौं’, उनले भने।पहिलो चरणमा नेपालले भारतबाट २० लाख डोज खोप खरिद गरिसकेको छ। त्यसमध्ये १० लाख डोज आइतबार नेपाल आइसकेको छ भने थप १० लाख डोज दुई साताभित्र नेप...
गम्भीर मुद्दामा कार्यकर्तालाई आममाफी, कुन मुद्दाका कति छुटे ?

गम्भीर मुद्दामा कार्यकर्तालाई आममाफी, कुन मुद्दाका कति छुटे ?

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ८ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट १५ जनालाई आममाफी दिइएको छ । विभिन्न मुद्दामा फरार भई अदालतबाट दोषी ठहर भएकालाई पनि उनीहरूको सम्पूर्ण कैद र जरिवाना माफी गरिएको छ । राजनीतिक मुद्दामा मात्र यसरी माफी दिन मिल्नेमा सत्तारुढ नेकपाका निकट केही कार्यकर्तालाई पूरै मुद्दाबाट माफी दिइएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले पाँच सय ८० जना कैदीलाई आधा कैद छुट दिने र १५ जनालाई पूरै अपराधबाट माफी दिने निर्णय भएको छ । गृह मन्त्रालयले यसरी पूरै माफी पाउनेको मुद्दा विवरण सार्वजनिक गरेको छैन । स्रोतका अनुसार यसमा नेकपाका कार्यकर्ता छन् । राष्ट्रपतिबाट यसरी सम्पूर्ण कैद र जरिवाना माफी पाउनेमा सिराहाका पाँच र दाङका नौ जना छन् । सिराहाका सुरेद्र यादव, दिलीपकुमार साह, अमरेन्द्र यादव, अशोककुमार यादव र रामविलास यादव छन् । त्यस्तै, दाङका शेरबहादुर चौधरी, युवराज सुवेदी, मदन परियार...
बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूहको तयारी

बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूहको तयारी

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ७ । आधिकारिकता विवादलाई ‘थाती’ राखेकोमा असन्तुष्ट नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ । आयोगले समय दिए प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर शुक्रबार निर्वाचन आयोग जाने तयारीमा छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद् विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजन भएको थियो । तर, दुई महिना बित्दा पनि कानुनी लडाइँ निर्वाचन आयोगले टुंग्याएको छैन । त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित शुक्रबार दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ । एक केन्द्रीय सदस्यका अनुसार सबै केन्द्रीय सदस्यलाई दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा पुग्न भनिएको छ । उनका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित भएर १ बजे निर्वाचन आयोग जाने योजना छ । प्रचण्ड–नेपाल समूहले आयोग सरकारको दबाबमा परेर निर्णय लिन हिच्कि...
भागरथीको हत्या भएको गाउँमा यसअघि पनि पाँच जनाको हत्या, अनुसन्धान नै भएन

भागरथीको हत्या भएको गाउँमा यसअघि पनि पाँच जनाको हत्या, अनुसन्धान नै भएन

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन ३ । बैतडीको दोगडाकेदार गाउँपालिकाअन्तरगत पर्ने साबिकको देउलेक गाविसमा भागरथी भट्टको बलात्कारपछि हत्या हुनुभन्दाअघि पाँच जनाको हत्या घटनामा अनुसन्धान नै भएको पाइएको छ । गुपचुप राखिने गरिएकैले अपराधका घटनाले निरन्तरता पाउँदा भागरथीको हत्या भएको त होइन भन्ने टीकाटिप्पणी पनि हुन थालेको छ । ‘यसअघि भएका हत्या घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गरेको भए भागरथीको बलात्कापछि हत्या घटना हुँदैन थियो कि’,’ स्थानीयले भने, ‘विगतका घटनामा प्रहरीले वास्ता नगर्नुमा घटनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दोषी छन् ।’ अहिले त्रासले घटनाबारे खुलेर कसैले पनि बोल्न नसक्ने गाउँमा रहेको उनको भनाइ छ । जति घटना भए पनि केही नहुने भएकाले आफूमाथि झमेला आइलाग्दा भनेर स्थानीयले बोल्न नचाहेको उनले बताए । डीआईजी उत्तम सुवेदीले भने, ‘पाँचवटा केस छन् भनिएको छ । रेकर्ड हेर्न लगाएको छु । यकिन भ...
ओली सरकारको तीन बर्ष :  घमण्ड र सत्ता लोभले ऐतिहासिक अवसर गुम्यो !

ओली सरकारको तीन बर्ष : घमण्ड र सत्ता लोभले ऐतिहासिक अवसर गुम्यो !

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाण्डौ , फागुन ३। स्थायित्व, सुशासन र समृद्धिको शपथ लिएर केपी ओलीको नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । तर, आफैँ प्रतिनिधिसभा भंग गरेर सरकार कामचलाउ भएको दुई महिना भइसकेको छ । सुशासन र समृद्धिमा ठूला घोषणा र फितलो कार्यान्वयन गरेको सरकारले स्थायित्वलाई आँफै ध्वंस गरेको छ । तत्कालीन वाम गठबन्धनले असाधारण बहुमत ल्याएपछि जागेको आकांक्षा सम्बोधन गर्न प्रधानमन्त्री ओलीले सामाजिक न्याय, रोजगारी र समृद्धिका अनेक योजना सार्वजनिक गरेका थिए । हिमाल वारिपारि रेल र हिन्द महासागरमा नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालनका घोषणासमेत गरेका ओलीले पूर्वाधारमा संवेदनशीलता देखाउन सकेनन्, सुशासन र स्थायित्वको जिम्मेवारी पाएका ओलीले आफूले पाएको ऐतिहासिक बहुमत अपर्याप्त भएको भन्दै प्रतिनिधिसभा विघटन गरिदिएका छन् । ओलीबाट भविष्य रचनाको आशा बोकेको समाज अहिले उनले गरेको ध्वंसबाट देश जोगाउन सर्वोच्च अद...
नेकपा विवाद : दबाब बढ्दै निर्वाचन आयोगमाथि

नेकपा विवाद : दबाब बढ्दै निर्वाचन आयोगमाथि

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २९ । राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै नेकपाको आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ । यस अवस्थामा दुवै पक्षले आफँहरु नै नेकपाको आधिकारिक रहेको जिकिर गर्दै आयोगलाई प्रत्यक्ष र परोक्षरुपमा दबाब बढाउँदै लगेका हुन् । नेकपाका प्रचण्ड र नेपाल पक्षले आयोगमा पुगेर आफ्नो पक्ष नैै आधिकारिक रहेको बताउँदै आएको छ । माघ २० गते आफ्नो पक्ष नै आधिकारिक रहेको जिकिर गर्दै नेकपाका प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेको थियो । उनीहरुले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत आफ्नो पक्षमा भएकाले आधिकारिक पार्टी आफँहरू नै भएको जिकिर गर्दै अन्यथा नगर्न आग्रह गर्दै आएका छन् । आज ...
अझै अस्पतालमै भागरथीको शव, घटनाका दोषी पत्ता नलागेसम्म नबुझ्ने परिवारको अडान

अझै अस्पतालमै भागरथीको शव, घटनाका दोषी पत्ता नलागेसम्म नबुझ्ने परिवारको अडान

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
बैतडी, २८ माघ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान छाडेका छैनन् । बुधबार विद्यालय गएकी भागरथीको बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको ६ दिन भइसक्दासम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्टले बताए । भागरथीको शवलाई अब काठको बाकसभित्र आइसमा राख्ने तयारी जिल्ला अस्पतालले गरेको छ । धेरै दिन भएकाले शव बिग्रने हुँदा सुरक्षित राख्न तयारी थालिएको अस्पताल प्रमुख डा। वसन्तराज जोशीले बताए । जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले मंगलबारसम्म अनुसन्धानकै क्रममा रहेको र अहिलेसम्म कसैलाई नियन्त्रणमा पनि नलिएको बताए । ‘सोधपुछ चलिरहेको छ...