शाहलाई जिताउन कांग्रेसीहरु एकजुट, सबै चुनावी मैदानमा
कपिलवस्तु — नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अभिषेक प्रताप शाहलाई जिताउन पार्टी पंक्ति पूर्ण रूपमा एकजुट भएको छ । केन्द्रीय नेतादेखि जिल्ला र क्षेत्रीय तहसम्मका नेता–कार्यकर्ताहरू अहिले चुनावी अभियानमा सक्रिय रूपमा होमिएका छन् ।
पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रुपा विकले लोकतन्त्रको सुदृढीकरण र क्षेत्रको समग्र विकासका लागि शाहलाई विजयी गराउन आवश्यक रहेको बताइन् । “कपिलवस्तु–३ को विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारका लागि सक्षम र सक्रिय नेतृत्व चाहिन्छ, त्यो क्षमता अभिषेक शाहमा छ,” उनले भनिन् ।
नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलामले पार्टीभित्र कुनै प्रकारको अन्तरविरोध नरहेको दाबी गर्दै सबै कार्यकर्ता चुनाव केन्द्रित भएको बताए । “यो निर्वाचन केवल उम्मेदवारको जित–हारको विषय होइन, यो लोकतान्त्रिक मूल्य र विकासको दिशाको ...









