कृष्णानगर बजार सरसफाइमा अध्यक्ष रितेश शर्मा द्वारा व्यापारीलाई डस्टबीन उपहार
कृष्णानगर, कार्तिक २७
कपिलवस्तुको दक्षिण पश्चिममा रहेको मुख्य व्यापारिक केन्द्र कृष्णानगर बजार लाई फोहोर मुक्त बनाउन उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष रितेश शर्माले कृष्णानगर बजारका व्यापारी लाई डस्टबीन उपहार दिएका छन्।
सरसफाइ हामी सबैको दायित्व बोध गराउन शर्माले कृष्णानगर बजारका अधिकांश व्यापारी लाई पसल बाट निस्केको फोहोर डस्टबिनमा राखेर उचित व्यवस्थापन गर्न अनुरोध गरेका छन्। साथै उहांले बजार सफा र सुन्दर बनाउन सबैको दायित्व रहेको बताउदै सरसफाइ बाट विभिन्न किसिमका रोग बाट समेत बच्न सघाउ पुर्याउने बताए। बजारमा सार्वजनिक सौचालय व्यापारी हरूका लागि निःशुल्क गर्नुपर्ने माग समेत उठेको छ।
जाडोयाम लागेपछि नेपालको ज्याकेट, कास्मेटिक सामान लगायत अन्य सामान भारतीय हरू किनमेल गर्न नेपाल आउदां नेपालको व्यापार बढ्ने समेत देखिन्छ र सुन्दर र सफा बजार बनाउन सके उपभोक्ता हरूको मन लोभिने स्...









