Saturday, May 4
Shadow

इन्टरभ्यु नेपालको कार्यालय उद्घाटन सम्पन्न (तस्वीरमा)


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर ८
इन्टरभ्यु नेपाल डट कम ब्यु प्लान प्रा.लिद्धारा संचालित नेपालकै पहिलो अन्तर्वातामा आधारित अनलाईन पत्रिका उद्घाटन भएको छ । आम नागरीक सम्म सत्य,तथ्य र निष्पक्ष सुचना, समाचार र जानकारी प्रवाह गर्ने र नेपाली पत्रकारीतामा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने उदेश्यका साथ संचालनमा आएको छ । समाज परिवर्तनमा योगदान दिएका र सकारात्मक सन्देश प्रवाह हुने खालका व्यक्तिहरुको अन्तर्वातालाई अनलाइनमा प्रकाशन साथै प्रशारण समेत गर्नेछ ।

काठमाण्डौँ बालाजु १६ कुमारीस्थान स्थीत कार्यालयमा इन्टरभ्यु नेपालका प्रबन्ध निर्देशक दिपेश न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकार, विशेष अतिथि वरिष्ठ संचारकर्मी रामकृष्ण रेग्मी, अतिथिहरुमा, राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय महासचिव प्रदिप राज वन्त, नुवाकोट विदुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिव कुमार चित्रकार, धादिङ नेत्रावती गाउँपालिका वडा नं ५ का वडाध्यक्ष डम्बर बहादुर अधिकारी, संस्थाका संचालक नविन चित्रकार, राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय कोषाध्यक्ष सागर श्रेष्ठ , पर्यावरण संरक्षण चिन्तक माधव तिमिल्सिना, कानेखुसी डट कमका प्रबन्ध निर्देशक डेविट घल लगाएतको उपस्थीतिमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ संचारकर्मी रामकृष्ण रेग्मीले संस्थाको सफलताको कामना सहितको मन्तव्य भर्चुर्योल माध्यमबाट राख्नु भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares