Saturday, May 4
Shadow

कश्यप प्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण


  • -इ
  • इ+

काठमाडौँ । उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको लोकार्पण गरिएको छ । वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालले कथा संग्रहको लोकार्पण गरेका छन् ।

लेखक पौड्यालले नेपाली परिवेश, मौलिक भाषालाई कथामा उतारेको बताएका छन् । उनले फरक फरक विषयका २१ वटा कथा फरक परिवेशमा आधार रहेर लेखेको बताए ।

लोकार्पण कार्यक्रममा साहित्यकार डा। तुलसी भट्टराई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, पूर्व प्रशासक नरेन्द्रराज पौड्याल, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शान्तराम बिडारी, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौड्याल, फोरम फर हेल्थ एण्ड टेक्निकलका महासचिव सुनिल कुमार चालिसे, नागरिक समाज जीवनलाल शर्मा, पौड्याल वंश महासंघका उपाध्यक्ष दिपकप्रसाद पौड्याल र पूर्व सांसद बद्रीप्रसाद खतिवडा, घोष्ट राइटिंग नेपालका अध्यक्ष कमल ढकालले किताब माथि चर्चा गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले लेखकलाई कथा संग्रह प्रकाशन र निरन्तरताको शुभकामना दिएका थिए । सिमल बुक पब्लिकेशन्सले प्रकाशन गरेको कथा संग्रहमा २१ फरक क्षेत्रका कथा समेटिएका छन् । पुस्तकको मूल्य ३५० रूपैयाँ रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares