Monday, April 29
Shadow

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट


  • -इ
  • इ+


काठमाण्डौँ, कार्तिक २१
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुई देशबीच सदिऔँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

गएको बुधवार नेपाल आउनुभएका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गनु भएको थियो । तीन दिने नेपाल भ्रमणमा रहनुभएका नरवणे शुक्रबार नै स्वदेश फर्कनु हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares