Monday, April 29
Shadow

सडकदेखी सदनसम्म छैन काेराेनाकाे त्रास: जनस्वास्थ्यविद् पाण्डे भन्छन, भयावह स्थिति कम भएकाे छैन


  • -इ
  • इ+

काठमाण्डौँ, पुष १३
नेपालमा आन्दोल गर्नु,नारा जुलुसका साथ सडकमा उत्रनु नौलो बिषय होइन।

करिब एकमहिना अगाडि देखि माइतिघर मण्डलमा न्यायको लागि धर्ना बसेका किसानले न्याय नपाउदै सिंहदरबार बाट निकालिएका उचस्तरिय दलका प्रमुख नेतासम्म माइतिघर मण्डलमा भिडभाडका साथ देखियो। केही समय अगाडि अगाडि प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेसँगै सिंहदरबार देखि गाउँगाउँका नेता,कार्यकर्ता सलबलाउन थालेका छ्न। पार्टी बिभाजन पश्चात् राजनीति घटनाक्रमले बाटो फेरेको छ।

देशैभर आन्दोलन चलिरहेको छ। राजसंस्थाको माग राख्दै सडकमा प्रदर्शन गर्ने समूह पनि रोकिएको छैन। अर्कोतिर कोरोना भाइरस (कोभिड१९)ले अन्य मुलुकमा जस्तै नेपालमा पनि आफ्नो क्षेत्र साघुरो बनाएको छैन। आइतबार मात्रै ४८१ जनामा पुष्टि भएको कोरोना भाइरसले सोही समयमा ६ जनाको ज्यान लग्यो। कोरोना भाइरसले अन्य देशमा देखाएको नयाँ रुप र मुलुकभर भइरहेको यस्ता गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने चिकित्सकहरुले बताउदै आएका छ्न।सदन देखि सडकसम्मका प्रतिकृया अवलोकन गर्दा कोरोना भाइरस  नेपालमा अन्त्य भैसकेको लाग्छ।

अन्य देशमा कोरोना भाइरसले देखाएको नयाँ रुप जस्तै नेपालमा पनि कोरोनाको जोखिम उच्च देखिरहेका कारण अनावश्यक यस्ता भिडभाड नगर्न जनस्वास्थ्यवीदले  चेतावनी दिएका छन।  जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डे यस विषयमा  भन्छन  ‘ अहिले कोरोना सङ्क्रमितको संख्या तथ्याङ्कमा कम आउनुको अर्थ हामी सङ्क्रमणमुक्त भयौँ भन्ने होइन, जोखिम अझै छ । आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढेका छन् । जुलुस र प्रदर्शनको विकल्प नसोच्ने हो भने अवस्था भयावह हुन सक्छ।’

महामारीकाे समयमा अाफ्ने कर्तव्य निर्वाह हुने भन्दै उनले थपे ‘ भयावह हुनबाट कसरी जाेगिने र जाेगाउने भन्नेे कुरा ध्यान दिएर अगाडी बढ्नुपर्छ।’

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares