Sunday, June 21
Shadow

इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट


  • -इ
  • इ+

 

कृष्णानगर, असार ७

 

कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट खटिएको प्रहरी गस्ती टोलीले अबैध कुखुराका चल्ला बरामद गरेको छ। भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेको अवैध चल्ला बरामद गरेको हो ।कृष्णनगर नगरपालिका वडा नं १२ बाट १४ कार्टून प्रति कार्टून १०० चल्लाका दरले १ हजार ४०० चल्ला बरामद गरेको हो।

बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका वडा नं २ अवस्थित पुरानो नगरपालिका रहेको भवन पछाडि
रहेको खाली जग्गामा खाल्डो खनि पशु क्वारेनटाइनका प्रतिनिधि दयाराम चौधरी, प्रहरी, पत्रकार,लगाएतको उपस्थितिमा उक्त चल्ला नष्ट गरिएको हो।

साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार, न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न तत्पर रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक कृष्ण बहादुर कुवरले जानकारी दिएका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares