Thursday, June 18
Shadow

लाखौंको यौनवर्धक औषधि सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा बरामद 


  • -इ
  • इ+

 

कृष्णानगर, जेष्ठ २९

सशस्त्र प्रहरी बल नेपालले भारतबाट ल्याउँदै गरेको अवस्थामा २५ लाख रुपैयाँ बराबरको यौनवर्धक औषधि नियन्त्रणमा लिएको छ । यौन उत्तेजनाका लागि प्रयोग गरिने उक्त औषधि आज दिउँसो सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म कपिलवस्तुले बरामद गरेको हो ।

कृष्णनगर नाका हुदै भारतबाट अवैध रूपमा औषधि ल्याउँदै गरेको सूचना पाएपछि सशस्त्र डिएसपी यज्ञमान साउदको टोलीले सीमा क्षेत्रमा विशेष सावधानी अपनाउँदै गरेको खानतलासीको क्रममा उक्त औषधि फेला परेको बताइन्छ । बेवारिसे अवस्थामा कृष्णनगर १ शिवनगरबाट ३३० थान युरिफिल ईफेक्ट नामक औषधि बरामद गरिएको छ ।

 

उक्त औषधिको बजारमूल्य २४ लाख ७५ हजार रहेको बुझिएको छ । आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल २८ हेडक्वार्टर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिए । बरामद उक्त औषधिको नेपालमा बिक्री वितरण अनुमति भए नभएबारे समेत औषधि व्यवस्था विभागसँग जानकारी लिने कार्य भइरहेको बताउँदै थप अनुसन्धान गरिएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा औषधि तथा सर्जिकल सामाग्रीको कर बढेसँगै सीमाक्षेत्रबाट चोरी तस्करी तथा अवैध ओसार पसार मौलाएको हो । सम्भावित चोरी तस्करी निरुत्साहन गर्न सीमा क्षेत्रमा नियमित गस्ती तथा कडाई गरिएको दाबी सशस्त्रको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares