Friday, February 13
Shadow

शाहले समाजिक रुपान्तरणका नीति निर्माणसंगै बिकास पनि गरेकाे बताए 


  • -इ
  • इ+

कपिलवस्तु , फल्गुन १ 

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप शाहले समाजिक रुपान्तरणका नीति निर्माणसंगै बिकास पनि गरेकाे बताउनुभयो ।

संविधान निर्माण र संघीयता कार्यन्वयनपछि राज्य र हाम्राे क्षेत्रमा समेत पुल पुलेसाे , सडक , स्वास्थ्य चाैकी लगायत आधारभुत सेवा प्रवाहमा संतोषजनक प्रगति भएकाे छ ।

संविधानसभा निर्वाचनका बेला स्थानीय तह जनप्रतिनिधि विहिन थियाे र त्याेबेला संविधानसभा सदस्यले पाउने बिकास रकम धेरै नै कम थियाे त्यही कारण सबै क्षेत्र समेट्न सक्ने आवस्था थिएन । तर स्थानीय निर्वाचनपछि पचिसौं बर्षदेखि कर्मचारीकाे हातमा रहेकाे बिकास याेजना जनप्रतिनिधिहरुले चलायमान बनाए । संसदीय बजेट पनि बढेपछि झन बिकास निर्माणका कार्य भएका हुन । तर पनि जनताकाे भावना अनुरुप बिकास हुन सकेकाे छैन । जसकाे मुख्य कारण देशमा राजनीतिक अस्थिरता । केन्द्रमा सरकार जुनपनि दलकाे भएपनि एकल दलकाे बहुमत थिएन र बिकासका याेजना एउटाले हाल्ने अर्काेले काट्ने चलन बढी भयाे । संसदकाे रुपमा मैले क्षेत्रमा पहल गरि धेरै याेजनाहरु सम्पन्न गराएकाे नेता शाहले बताउनुभयो ।

उनले आफ्नाे क्षेत्रकाे बिकासमा आफुले सकेकाे सम्भव याेजना सम्पन्न गराएकाे बताउनुभएको छ ।

नेता शाहले संविधान निर्माणपछि जम्मा एक कार्यकाल प्रतिनिधि सभा सदस्य भई काम गरें तर काेराेना संक्रमणकालका बेला देशभरि नै बजेटमा कमी भएकाे थियाे । तरपनि आफ्नाे क्षेत्र र समुदायस्तरमा बिकासका केही प्रयास गरेकाे बताउनुभएकाे छ। नेता शाहका अनुसार उनले निम्न बिकासका याेजना सम्पन्न गराएका छन –

कृष्णनगर-चन्द्राैटा फाेर लेन भारतीय दुतावाससंगकाे पहलमा २० किमी सडक निर्माण भएकाे छ ।

बहादुरगंज- ताैलिहवाकाे बाणगंगा पुल अभिषेक प्रताप शाह र बृजेश कुमार गुप्ताकाे संयुक्त पहलमा डबल लेन भएकाे हाे ।

बहादुरगंज- ताैलिहवासम्मकाे हुलाकीका लागि पटक पटक भारत सरकारलाई ध्यानाकर्षण गराई निर्माण सम्पन्न गराएका छन ।

RTO सडक कृष्णनगरदेखि गणेशपुरसम्म निर्माण गरेका छन ।

कृष्णनगरकाे ठकुरापुर जाने पुल अभिषेक प्रताप शाहकाे पहलमा निर्माण भएकाे हाे ।

कृष्णनगरदेखि झुलनिया चाैराहासम्म कालाेपत्रे सडकका लागि २८ कराेड बजेट विनियोजन गराएका हुन ।

२.८ कराेडकाे लागतमा पत्थरदेइया स्वास्थ चाैकी भारतीय दुतावासबाट दिलाएका हुन ।

चरंगहवा नदीमा पक्की पुल निर्माणका लागि बजेट बिनियाेजन गराई सम्पन्न गराएका हुन ।

शिवराज अस्पताल बहादुरगंजमा अप्रेसन थेटर भवन , पटक पटककाे एम्बुलेन्स हस्तान्तरण अभिषेक प्रताप शाहकाे पहलमा भएकाे हाे ।

छन्द कालेबाबु आँखा अस्पतालमा भवन निर्माणका लागि ५० लाख विनियोजन गरेर निर्माण सम्पन्न गराएका छन ।

सरुवाराेग अस्पताल चन्द्राैटाका लागि भेन्टिलेटर सहितकाे एम्बुलेन्स अभिषेक प्रताप शाहले हस्तान्तरण गरेका हुन ।

ताैलिहवापछि दाेस्राे दमकल कृष्णनगर नगरपालिकामा अभिषेक प्रताप शाहले हस्तान्तरण गरेका हुन ।

भारतीय दुतावासकाे सहयाेगमा शिवपुर , लक्ष्मणपुर र गुगाैलीकाे विद्यालयमा स्कुल बस हस्तान्तरण गरेका छन ।

दर्जनौं गाउंमा सिचाईका लागि डिप ट्युबवेल अभिषेक प्रताप शाहकाे बजेटमा जडान भएका छन ।

काेराेनाका बेला बन्द भएकाे कृष्णनगर भन्सारकाे मुख्य नाका र यात्रु नाकासमेत खुलाएका हुन ।

काेराेनाका बेला केही व्यापारीसंग समन्वयमा भन्सार नजिकै

हाेल्डिङ्ग सेन्टर निर्माण गर्न आफ्नाे जग्गासमेत हस्तान्तरण गरेका छन ।

महेन्द्र पार्ककाे जीर्णाेधार विभिन्न निकायसंग पहल गरि अहिले निर्माणाधीन अवस्थामा छ ।

आफ्नाे क्षेत्रका सैयाैं बच्चालाई भारतीय दुतावाससंगकाे समन्वयमा छात्रवृत्ति दिलाएका छन ।

बहादुरगंज , सैयाैं दलित र उपेक्षित परिवारका लागि गरिब आवास निर्माण गराएका छन ।

यी विशेष याेजना थिए तर २०७९ काे निर्वाचनमा हारपछि ३ बर्ष निरन्तर जनताकाे बीच रही सुख दुख बुझेकाे बताउनुभयाे । ठुला याेजना तथा विभित्र सा-साना याेजनाहरु पनि छन । विभित्र निकायमा पहलपनि गर्दै आएकाे शाहकाे भनाई छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares