
ककनी- प्रेस सेन्टर नेपालको गाउँपालिका स्तरीय प्रथम भेलाले नुवाकोटको ककनी गाउँपालिका अध्यक्षमा दिपेश न्यौपाने चयन भएका छन् । शुक्रवार रानीपौवामा बसेको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
प्रेस सेन्टर नेपालको पालिका स्तारीय कमिटि गठन गर्ने क्रममा शुक्रवार नुवाकोटका अध्यक्ष रामहरि गजुरेलको अध्यक्षतामा बसेको भेलाले न्यौपानेसहित ६ सदस्यीय समिति गठन गरेको हो । कमिटिको सचिवमा पुण्यप्रभा ढुंगाना, कोषध्यक्षमा शंकर नेपाली सदस्यहरुमा सागर ढुंगाना, रमित बलामी र सुस्मिता घिमिरे चयन भएका छन् भने बाकीँ सदस्य कमिटिले आगामी दिनमा चयन गर्ने छ ।
आयोजित भेलाका प्रमुख अतिथि ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले गाउँपालिकामा गठन भएको कमिटिलाई बधाई दिदैँ गाउँपालिकाले गरेका कामहरुको प्रचारप्रसार लगाएत गाउँपालिका भित्र हुने गतिविधिलाई संचारका माध्ययमका मार्फत आम मानिससम्म पुर्याउन सहयोग गर्ने आशा समेत व्यक्त गरेका छन् । साथै प्रेस सेन्टर ककनी गाउँपालिका कमिटिले पालिका भित्र पत्रकारितामा आवद्ध हुन चाहनेहरुलाई समेटेर तालिम तथा प्रशिक्षण गराएर अगाडि बढाउनु पर्ने कुरामा जोड दिए । त्यस्तै विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष मिठ्ठ माया तामाङले गाउँपालिकाका विषयमा भ्रम भैलाउनेहरुका विरुद्ध सत्य तथ्य समाचार आम नागरिकसम्म पुर्याउन प्रेस सेन्टरले मद्धत गर्नुपर्ने कुरामा जोड दिदैँ गाउँपालिकाबाट हुन सक्ने सहयोग र समन्वयको काम गर्ने बताईन ।
भेलालाई सम्बोधन गर्दै अतिथि नेकपा माओवादी केन्द्र ककनी गाउँपालिकाका ईन्चार्ज रामहरि श्रेष्ठले पार्टी तथा संगठनको मर्म र भावनाको कदर गर्दै पत्रकारितालाई अगाडी बढाउनु पर्ने कुरालाई जोड दिए । साथै उनले पार्टीका र पार्टीबाट निर्वाचित जनप्रतिनिधिका गतिविधिलाई प्राथमिकताका साथ आमसंचारका माध्ययममा ल्याउन प्रेस सेन्टर ककनी कमिटिले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे ।
आयोजित भेलामा ककनी गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदम बलामी, नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य अनिश ढुंगाना, नेकपा माओवादी केन्द्र ककनी गाउँपालिका सचिव वृष तामाङ, ककनी पार्टी सचिवालय सदस्य दिपेश तामाङ, प्रेस सेन्टर नेपाल वागमती प्रदेश सदस्य राजेन्द्र गजुरेल, वाइसेल ककनी अध्यक्ष जलन गजुरेल लगाएतको उपस्थीति रहेको थियो ।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            