Friday, May 17
Shadow

गोरखाका निरोज भट्टलाई सार्वेत्कृष्ट शब्दमा अवार्ड 


  • -इ
  • इ+

महेन्द्र अधिकारी

काठमाडौं,असार २६ । गत शनिबार राजधानीमा आयोजित दोस्रो काव्य म्यूजिक अवार्ड सम्पन्न भएको छ। अवार्ड कार्यक्रम काठमाडौंको चाबहिल स्थित चलचित्र बिकास बोर्डको हलमा भएको थियो। कार्यक्रममा चर्चित लोक सञ्चाकर्मी, बिभिन्न स्रस्टा तथा कलाकारको पनि उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा नेपाली लोक कला संस्कृतिको सँरक्षण तथा सँबर्द्वन गर्ने कलाकार,सञ्चारकर्मीलाई सम्मान गर्ने तथा उत्कृष्टलाई सम्मान गरि अवार्ड बितरण गरिएको थियो।

कार्यक्रममा गोरखाका निरोज भट्टले सार्वेत्कृष्ट शब्दमा अवार्ड हात पारेका छन्। गितकार भट्टका दर्जनौ गीत साँगीतिक बजारमा छन्।  जस अन्तर्गत केहि आफ्नो जन्मभूमी माटोसँग समर्पित पनि सृजना रहेका छन्। भर्खरै प्राप्त अवार्ड  भने भट्टले ‘तप्प आँशु खस्यो’ बोलको गीतबाट लिएका छन् । भट्ट केहि र्वषदेखि निरन्तर नेपाली गीत सांगितिक यात्रामा मात्रै नभई उनी एक कुशल युवा व्यवसयी संगै समाजसेवी पनि हुन् ।

आठौं नेशनल क्यापिटल अवार्डमा समाजसेवी एवम् युवा व्यवसायी निरोज भट्ट राष्ट्रिय समाजसेवी सम्मान २०७८ बाट सम्मानित भएका थिए । विगत लामो समयदेखी समाजसेवामा क्रियाशील रहदैं भट्टले पुराऊनु भएको अतुलनिय योगदानको कदर गर्दै सामाजिक सेवामा निवार्ह गरेको भुमिकाको उच्च मुल्याकंन गर्दै आठौं नेशनल क्यापिटल अवार्ड २०७८ को अवसरमा भट्टलाई राष्ट्रिय समाजसेवी सम्मान-२०७८ बाट सम्मानित गरिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares