काठमाडौं,असार १३ । सरकारले भोलि बिहीबार(असार १४ गते) देशभर सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले (हिजो) मंगलबार जारी गरेको सूचनाअनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर इदको अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएकाको हो ।
‘नेपाल राजपत्रमा मिति २०७९-१२-०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।


 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            