काठमाण्डौँ, मंसिर २
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
११-१३ मंसिरमा तय भएको महाधिवेशनको उद्घाटन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गर्नेछन् । महाधिवेशनमा देश तथा विदेशबाट गरी चार हजार पाँच सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ ।