Thursday, May 16
Shadow

भारतिय ज्यादति बिरुद्ध उर्लिए युवा


  • -इ
  • इ+

१९ साउन,काठमाण्डौंं ।
लक्ष्मण श्रेष्ठ
नेपालको महाकाली नदीमा भारतीय एसएसबीले तुईन काट्दा एक जना नेपालीको नदीमा खसेर मृत्यु भएको थियो । उक्त घटनालाई लिएर बिपक्ष विभिन्न राजनितिक दल तथा भातृ संगठनहरुले भारतिय ज्यादति बिरुद्ध सडकमा उर्लिएका छन् ।

भारतियहरुले दिन प्रतिदिन नेपालीहरु माथि यस्ता अनैतिक क्रिर्याकलापहरु गर्दै आएका छन् । “नेपाली नागरिकका लागि यो सरकार सक्षम छैन भने तुरुन्तै राजिनामा दे” भन्दै प्रमुख प्रतिपक्ष दल ने.क.पा एमाले तथा भातृ संगठन युवा संघले नारा लगाएका थिए । उक्त कार्यक्रमलाई युवा संघका नेता तथा उपाध्यक्ष अमित लामाले सम्बोधन गरेका थिए। कुटनितिक तबरले वार्ता गर्दै छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउन सरकारलाई दवाब दिएका छन् ।

के.पी ओली नेतृत्वको ने.क.पा एमाले सरकारमा हुदाँ कसैले आखाँ उठाएर हेर्न सकेको थिएन जब सर्वोच्चको परमादेशबाट शेरबहार देउवा सरकारमा आएदेखि भारतिय दलाल बाट हाम्रा नेपाली नागरिकहरु शोषित हुदैँ गएका छन् भन्दै युवा सँघका नेताहरुले सरकारको घोर विरोध गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares