Tuesday, April 30
Shadow

कोरोना महामारीले रोक्न सकेन राष्ट्र प्रेम, उत्रिए विरोधमा जलाए पुत्ला


  • -इ
  • इ+

राजेन्द्र गजुरेल/नुवाकोट, जेठ २४
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाईरसले त्रसित नेपाली भाईरस भन्दा पनि देशको वर्तवान राजनितिले आत्तिएका छन् । सत्ता टिकाउने खेलमा गरिएको आत्मघाति निर्णयहरुले नेपाली जनता आजित भएका छन् । राष्ट्रिय स्वाभिमान नै गुम्ने खतराले त्रसित छन् नेपाली जनता ।

वर्तवान सरकार टिकाउनकै लागि हिजोका दिनमा नेपालको संविधान जलाउने देखि कयौँ राष्ट्रघाति काम गरेका व्यक्तिलाई सरकारको उप प्रधानमन्त्री बनाईएको छ । नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको आफ्नै अभिव्यक्तिका कारण नियुक्ति भएको २४ घण्टा भित्र देश भर चर्को विरोध संगै पुत्ला दहन समेत भयो । राष्ट्रप्रेमि नेपालीले कोरोना महामारीमा समेत आफ्नो ज्यानको प्रवाह नगरी, नेपाली हामि रहौला कहाँ नेपालै नरहे भन्ने भावनाका साथ विरोधको मैदानमा उत्रिएका छन् ।

मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका थिए । शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल,पहाड, तराई र मधेशको जनताको सहभागिता हुनुपर्ने बताएका हुन्। सो अभिव्यक्ति पश्चात उनको चौर्तर्फि विरोध देखि पुत्ला दहन भईरहेको छ ।

आईतवार नुवाकोटमा पनि सरकारको विपक्ष गठबन्धन दलका युवा नेता तथा कार्यकर्ता, विद्यार्थी संगठनका नेता तथा कार्यकर्ता, स्वतन्त्र युवा लगाएतको उपस्थीतिमा सदरमुकाम स्थीत विदुर ४ बट्टार चोकमा प्रधानमन्त्री केपी शर्मा ओली र उप प्रधानमन्त्री महतोको पुत्ला दहन गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares