
काठमाण्डौँ, मंसिर १७
युवतीसँग होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतराज चौधरी निलम्बित भएका छन्।
कैलालीको बुढीतोलाको एक होटलमा युवतीसँग समातिएका चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको हो। मंसिर ९ गते मध्यराति सम्पर्कविहीन डिएसपी चौधरीलाई आचरणविरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सम्पर्कविहीन डिएसपी चौधरी बुढीतोलाको एक होटलमा युवतीसँग भेटिएका थिए। गृह मन्त्रालयले डिएसपी चौधरीलाई निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            