Thursday, April 25
Shadow

निर्माता मनोज कार्कीको मुनामदन-२ सार्वजनिक


  • -इ
  • इ+

काठमाणडौं, पुष १९

सामाजिक अभियन्ता  एवम् निर्माता मनोज कार्कीको नयाँ गीत मुनामदन-२ को म्युजिक भिडियोको बिमोचन भएको छ ।

शनिबार काठमाडौं बानेश्‍वरस्थित होटेल हङ्गर हबमा एक समारोहबीच सो म्युजिक भिडियोको बिमोचन गरिएको हो ।

चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीतमा  शब्द र संगित पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ ।

राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्‍ठ र नवनायिका याङसु श्रेष्‍ठको सशक्त अभिनय रहेको छ।

नेपाली सुगम संगितमा आफ्नो छुट्‍टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी  रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो  जनक बिबश न्यौपाने युट्‍युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares