Friday, April 19
Shadow

पत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे अस्पताल, के छ स्वास्थ्य अवस्था ?


  • -इ
  • इ+

 

काठमाडौं , पुस १५ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
यसैबीच अस्वस्थ भएर अस्पताल भर्ना भएकी पत्नी सीता दाहाल भेट्न पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् ।

बुधबार साँझ प्रचण्ड ललितपुरस्थि मेडिसिटी अस्पतालमा उपचाररत सीताको स्वास्थ्य अवस्था बुझ्न पुगेका हुन् ।छोरी गंगा दाहालले बुधबार बिहान सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् ।

सीता दाहाल केही वर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी० भनिन्छ ।

यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares