
काठमाडौं, पुस ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संसद विघटनविरुद्ध बृहत मोटरसाइकल र्याली गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक रुपमा संसद विटन गरेसँगै देश अस्थिरतामा जाने खतरा बढेको र मुलुमा स्थिरताका लागि हिन्दु राज्य र राजसंस्था आवश्यक रहेको भन्दै राप्रपा आन्दोलित बनेको हो ।
आज बिहान ११स्३० बजे बबरमहलबाट सुरु हुने मोटरसाइकल र्याली त्रिपुरेश्वर(न्यूरोड हुँदै दरबार मार्गस्थित राजा महेन्द्रको शालिकमा पुगेर कोणसभामा परिणत हुने छ।
कोणसभालाई राप्रपाका अध्यक्षहरू कमल थापा, पशुपतिशमशेर राणा तथा प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा केन्द्रीय सदस्य गोपाल पौडेलले बताए।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको संयोजकत्वमा र्याली हुन लागेको हो। फाइल तस्बिर।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            