Saturday, April 27
Shadow

आजको मौसम: आज देशभर मेघ-गर्जन,चट्याङसहित पानी पर्ने


  • -इ
  • इ+

काठमाडौं ,असार १७ । जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आँशिकदेखि सामान्य बदली रहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares