Friday, April 26
Shadow

दुबै समूहको आज पनि केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु


  • -इ
  • इ+

काठमाण्डौ , पुस ९ । प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल नेपाल समूहको आज अलगअलग केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रतिनिधिसभा विघटनपछि गत मंगलबार पहिलो पटक समानन्तररूपमा केन्द्रीय कमिटी बैठक बसेको दुबै समूहले आजको बैठकमार्फत सचिवालय सदस्य हेरफेरको तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहले दिउँसो साढे १२ बजे बालुवाटारमा डाकेको बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।यता काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा दिउँसो १ बजे राखिएको पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहले पनि सचिवालय हेरफेर र महासचिवको मनोनयनको तयारी गरेको निकट स्रोतले जनाएको छ ।

दुबै समूहले पार्टीमा वैधताको लडाइँ पनि सुरू गरेको छ । आफू पार्टीको संस्थापन भएको जनाउन दिने गरी दुबै समूहले समानन्तर बैठक र निर्णय तीव्र पारेका छन् ।दुई समूहबीच अब पार्टीको केन्द्रीय कार्यालय, छाप, चुनाव चिह्न र पार्टीको नामको लडाइँ सुरू हुने देखिएको छ । यो विषय निर्वाचन आयोगबाट नटुंगिए अदालतसम्म पुग्न दुवै पक्षले तयारी थालेको निकट स्रोतले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares