Friday, September 6
Shadow

रसुवागढी नाकाबाट विद्युतीय गाडीको आयात बढ्दो


  • -इ
  • इ+
रसुवा- नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने चिनियाँ गाडीको सङ्ख्या बढ्न थालेको छ । विद्युतीय कार र केही ठूला तथा मझौला गाडीको आयात बढ्दै गएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ वटा गाडी आयात भएका छन् । तीमध्ये चार हजार छ सय ७९ वटा विद्युतीय कार रहेका रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । विद्युतीय कारको खरिद मूल्य चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार र भन्सार शुल्क ११ लाख ९८ हजार रुपैयाँ पर्ने गर्छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा १५ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुली भएको छ । गएको वर्ष यही अवधिमा पाँच अर्ब ९४ करोड रुपैयाँ राजस्व असुली भएको थियो ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares