Friday, December 6
Shadow

एनआरएनए आइसीसी सदस्य पदमा मदनराज पौडेलको उम्मेदवारी घोषणा


  • -इ
  • इ+

जुलाई २९ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचनको लागि मदनराज पौडेलले एनआरएनएको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

भिक्टोरिया राज्यको मेलर्वनमा बस्ने पौडेलले एनआरएन आन्दोलनलाई थप सशक्त बनाउन आवश्यक रहेको निस्कर्ष सहित उम्मेदवारी घोषणा गरेको उनले बताए। ‘देश बाहिर विश्वभर हुर्किरहेको दोश्रो नेपाली पुस्तालाई आफ्नो भाषा, माटो र संस्कृति भित्रको सुलभ पहुँच र अधिकारलाई नविन योजनाका साथ सार्थक वनाउनका निम्ती मैले उम्मेदवारी घोषणा गरेको हुँ’, उनले भने । आफु विजयी भए, एनआरएनएमा युवाहरुको प्रतिनिधित्वलाई थप फराकिलो बनाउन पहल गर्ने उनको भनाइ छ ।

‘एनआरएनएलाई प्रवासमा बस्ने आम नेपालीहरुको संस्था बनाउन आवश्यक छ, यसमाथि लागेको भ्रमहरुलाई चिर्दै जानुपर्नेछ’, उनले थपे । नेपालमा रहँदा देखि नै सामाजिक कार्यमा सक्रिय पौडेलले एनआरएनए अस्ट्रेलियामा विद्यार्थीका समस्या र युवाहरुका प्रतिनिधित्वका विषयमा निरन्तर आवाज उठाउंदै आएका छन् । पौडेलले, अनिल पोखरेलको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares