काठमाडौँ, २९ असार । राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।
शुक्रबार आज बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो । पारित गरिएसँगै सो विधेयकलाई सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा पठाइएको छ ।