Saturday, April 20
Shadow

संसद् विघटन : काँग्रेसभित्र दुई थरी विचार प्रकट, सडकमा जाने कि चुनावमा ?


  • -इ
  • इ+

काठमाडौं, पुस ८ । संसद विघटन भएसँगै सत्तारुढ दल दुईतिर लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार केन्द्रीय समिति विस्तार गरेका छन्। उनले आफ्नो पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त जिम्मेवारी दिइसकेका छन्।

यता पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले माधव नेपाललाई अध्यक्षनमा चयन गरेका छन्। उनीहरुको बैठकले प्रधानमन्त्री केपी शर्मालाई नेकपाको अध्यक्षबाट हटाएका छन्।

सत्तारुढ दलभित्रको यो रडाकोले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भने दोधारमा परेको छ। संसद विघटनको विरोधमा सडकमा उत्रने कि आमचुनावमा जानेरु यी दुई विषयमा मंगलवारको केन्द्रीय समितिमा विषय प्रवेश पाएको छ। यता संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनःस्थापनातिर कि निर्वाचिततिर केन्द्रीत हुने भन्नेमा मत बाझिएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवा र उनीपक्षीय सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई आक्रामक ढंगले प्रतिवाद गर्ने मुडमा देखिएका छैनन् । बरु यसलाई अवसरको रुपमा लिएर निर्वाचन तयारीमा जानुपर्ने पक्षमा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानी हेर्न नहुने पक्षमा छन् । पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानि हेर्न नहुने पक्षमा छन् । पौडेल र उनीपक्षीय अधिकांश केन्द्रीय सदस्यहरु ओलीको असंवैधानिक कदमलाई उल्टाउन पार्टी सडक संघर्षमा जानुपर्ने पक्षमा देखिन्छन् । सँगै अदालतको ढोका ढकढकाउने बाटो पनि काँग्रेसले लिनुपर्ने पक्षमा पौडेल देखिएका छन् ।

सार्वजनिक खपतका निम्ति विज्ञप्ति निकाल्ने बाहेक सभापति देउवा प्रधानमन्त्री ओलीको कदमप्रति आक्रामक छैनन् । आफै अघि सरेर प्रतिवादमा पनि उत्रिएका छैनन् । मंगलवारबाट शुरु भएको काँग्रेस केन्द्रीय समिति बुधवार पनि जारी रहने र अझै केही दिन लम्बिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares