Saturday, April 20
Shadow

विमानको आयु वर्षमा नभइ दबाब चक्रमा मापन गरिन्छ


  • -इ
  • इ+

‘कुनैपनि वायुयान बनेको आधारमा पुरानो हुँदैनन्, विमानको आयु वर्षमा नभइ दबाब चक्रमा मापन गरिन्छ’ ।

विमानको आयु निर्धारण गर्ने भएकोले सामान्यतया टेकअफ र ल्यान्डिङ साइकलमा आधारित हुन्छ। नेपालमा वायुयानहरूको अवस्थाको बारेमा नियमित चेकजाँच भइरहेको हुन्छ। प्रत्येक वर्ष नियामक निकायले जहाजहरूको चेकजाँच गरेर एओसी नवीकरण गर्ने गरेको छ।

जहाजको प्रत्येक पार्ट्सको उमेर निश्चित गरिएको हुन्छ। इन्जिनको साइकल सकिएपछि पनि नयाँ फेर्नै पर्ने हुन्छ। जुन उत्पादक कम्पनीले नै तोकिदिएको हुनछ। सबै पार्ट्सको मिति हुने भएकोले पूरा जहाजको उमेर निर्धारण गर्नु जटिल काम भएको हवाई विज्ञहरूको बुझाइ छ।

बोइङको पाटपुर्जाको समय ३ सय घण्टा हुन्छ भने एयरबसको सामानको १ सय २० घण्टामात्रै हुन्छ। जहाजका हरेक पाटपुर्जाको यहीअनुसार प्रमाणपत्र हुन्छ। किनभने ती सबै पाटपुर्जाका आफ्नै आयु हुन्छन्। निश्चित समय उडेपछि ती पाटपुर्जाको पनि आयु सकिन्छ।

इन्जिन कति घण्टा उड्न सक्छ भन्ने सीमा निर्धारित हुन्छ। समय सीमा पूरा भएपछि त्यसलाई उडाइँदैन, पूर्ण जाँचपछि मर्मत (ओभरहल) गरिने प्राधिकरणका प्रवक्ता निरौला बताउँछन्। इन्जिनको सन्दर्भमा कुरा गर्दा बोइङको इन्जिनको समयसीमा ४५ सय देखि ५ हजार घण्टा हुन्छ भने एयरबसको ३५ सयदेखि ४ हजार घण्टासम्म हुन्छ। ट्वीनअटरको ल्याण्डिङ गियर १२ हजार घण्टा उडेपछि फेर्नुपर्छ।

त्यसपछि जहाजको इन्जिनको पनि ओभरहल गर्नुपर्छ। ओभरहल गरेर जहाजलाई नयाँ बनाइन्छ। इन्जिनमात्रै नभएर जहाजका सबै पाटपुर्जाको ओभरहल हुन्छ। जहाजको ओभरहल भए नभएको निगरानी हरेक देशका नागरिक उड्डयन प्राधिकरणले गर्छन्। प्राधिकरणलाई पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले निगरानी गर्छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares