
काठमाडौं- आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसको तर्फबाट उदयीमान तरुण नेता दिनेश विक्रम शाहको नाम सिफारिस भएका छन् ।
काङ्ग्रेसको १२ औँ महाविधेशनबाट पार्टीको क्रियाशिल सदस्य रही विगतमा इकाई सदस्य , उपाध्यक्ष हुँदै ४ ओैँ महाअधिवेशनबाट तरुण दलको जिल्ला सचिव बनेका उनी २०५९ सालदेखि राजनीतिमा निरन्तर सक्रिय रहेका छन् ।

राजनीति बाहेक पत्रकारितासँगै समाजसेवामा समेत उत्तिकै सक्रिय शाह हरेक आन्दोलनमा सरिक हुने गरेका छन् । साथै विभिन्न धार्मिक कार्यहरुमा पनि सक्रिय छन् । संविधानमा रहेको धर्मनिरपेक्षता हटाउनु पर्छ भन्ने मान्यता समेत शाहको रहेको छ ।

विभिन्न सामाजिक काममा सक्रिय शाहले कोरोना महामारीको समयमा घरघरमै स्वास्थ्य उपकरणहरु पठाउनेदेखि वर्षातमा सडक पूर्वाधार सुधारका लागि पनि काम गरिरहेका छन्।
काठमाडौंमा हुने विभिन्न आन्दोलनमा पटकपटक प्रहरीको हिरासतमा पुगेका शाह आगामी निर्वाचनमा पार्टीले आफ्नो योगदानको कदर गर्नेमा सतप्रतिशत ढुक्क छन् । साथै पार्टीले युवा नेतृत्वलाई अघि सार्ने क्रममा शाह पहिलो प्राथमिकतामा पर्ने उनी निकटहरु बताउँछन् ।





 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            